Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`ठूली` भइन् गरिमा

फिल्मीखबर, काठमाण्डौ, 2014/03/18

सूर्य बोहराले निर्देशन गर्ने ‘ठूली’ नामक फिल्ममा अभिनेत्री गरिमा पन्त शिर्ष भूमिकामा प्रस्तुती हुने भएकी छिन् । निर्देशक बोहरा र सुनिल बस्नेतको संयुक्त लगानी रहने ‘ठूली’ फिल्म यही चैत १० गतेदेखि फ्लोरमा जाँदैछ ।

 

गरिमाले ‘ठूली’ फिल्ममा आफ्नो ‘वोल्ड’ भूमिका रहेको बताइन् । उनले भनिन्, ‘यसमा मेरो अन्याय अत्याचार विरुद्ध लड्ने सशक्त नारीको भूमिका छ तर रोएर हैन ।’ काठमाण्डौं र चितवनमा छायाँकन हुने ‘ठूली’का अन्य कलाकारलाई निर्माण युनिटले गोप्य राखेको छ ।

 

गरिमाले सती जाने युवतीको भूमिका निभाएको ‘झोला’ फिल्मले व्यावसायिक नाफा समेत कमाएको थियो । गरिमा अभिनित ‘मनले मनलाई छुन्छ’ फिल्म चैत २८ गते अल नेपाल प्रदर्शनमा आउँदैछ । गरिमाको यो फिल्मलाई स्व.निर्देशक शिव रेग्मीले निर्देशन गरेका छन् ।

 

फिल्म प्रदर्शनको हिसाबले यो वर्ष लक्की देखिएकी गरिमा ‘ठूली’ पछि ‘विर गोर्खाली’ नामक फिल्मको छायाँकनमा व्यस्त हुनेछिन् । ‘विर गोर्खाली’ फिल्मको चैत ४ गतेदेखि जोमसोमबाट छायाँकन सुरु भएको छ ।