Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्लोर पस्यो `अधकट्टी`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/17

फिल्म ‘अधकट्टी’को सुटिङ सुरु भएको छ । सञ्चारकर्मी सुव्रत आचार्यले आफ्नो पहिलो निर्देशकिय फिल्मको चैत ३ गते काठमाण्डौको मध्य वानेश्वरमा एक्सन कट भने । कलाकारद्धय विल्सन विक्रम राई र अशिष्मा नकर्मीले ‘अधकट्टी’का लागि पहिलो सट दिए ।

 

झन्डै ९ महिनाको गृहकार्यपछि फ्लोरमा उत्रिएका निर्देशक आचार्यले पहिलो पटक फिल्ममा ‘एक्सन’ भन्दा कुनै अनौठो अनुभव नभएको सुनाए । निर्देशक आचार्यले ठट्यौली शैलीमा भने, ‘म त फिल्म निर्देशक हुनकै लागि जन्मिएको रहेछु क्यारे ! फिल्मको पहिलो निर्देशनमा पनि कुनै अनौठो अनुभव भैरहेको छैन ।’

 

प्रदीप कुमार उदयको लगानी रहेको ‘अधकट्टी’को काठमाण्डौ र चितवनको सौराहमा छायाँकन गरिनेछ । निर्माण युनिट एक महिनाको सुटिङ तालिका बनाएर फ्लोरमा निस्किएको छ । काठमाण्डौको छायाँकनपछि निर्माण युनिट चितवतर्फ लाग्नेछ । विल्सन र अशिष्मासँगै गौरव पहारी, रिस्ता बस्नेत, र प्रदीप बाँस्तोलाले पनि आज सुब्रतको एक्सन कटमा आफ्नो अभिनय देखाए ।
 

फिल्ममा कलाकारद्धय नम्रता श्रेष्ठ र गजित विष्टले अतिथि पात्रको भूमिका निभाउँदै छन् । पढाईमा लद्दु तर पैसा कमाउने सपना देख्ने युवाको कथा भन्ने कमेडी शैलीको फिल्म ‘अधकट्टी’लाई हरि घले लामाले खिच्दैछन् । फिल्ममा राजन इशान र बसन्त सापकोटाको संगीत छ ।