Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फिटकिरी`मा गाईको रहस्यमय भूमिका !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/20

रंगमञ्चमा ‘कोर्ट मार्सल’ जस्तो नाटक निर्देशन गरेका अनुप बरालको पहिलो निर्देशकिय फिचर फिल्म ‘फिटकिरी’ कस्तो बनेको होला ? र, यसअघि सेक्स साइक्लोजीको फिल्म ‘चपली हाइट’बाट मनग्य नाफा कमाएका निर्माता अर्जुन कुमारले यस फिल्मबाट व्यापारिक प्रतिफल कस्तो पाउलान् ?

 

भोली शुक्रबार चैत ७ गते प्रदर्शन हुने फिल्म ‘फिटकिरी’सँग जोडिएको यी जिज्ञासाको जवाफ पाउन प्रदर्शनलाई कुर्नै पर्छ । तर, निर्माण युनिटले प्रदर्शन मिति नजिकिंदा समेत एउटा पक्षलाई भने रहस्यलाई भने लुकाइ रहेको छ ।

 

फिल्मको पोस्टरमा प्रयोग गरिएको गाई बारे निर्माण युनिटले गत साता सम्पन्न प्रेस शोमा पनि सार्वजनिक गर्न चाहेन । ‘फिटकिरी’मा गाईको प्रयोग बारे निर्देशकले फिल्म नै हेर्नु पर्ने बताए । उनले भने, ‘गाईलाई फिल्ममा महत्वका साथ प्रस्तुत गरिएको छ । गाईले गर्दा फिल्मले नयाँ मोड लिन्छ ।'

 

निर्देशक बरालले नै ‘फिटकिरी’मा गाईको महत्वपूर्ण भूमिका रहेको खुलाएपछि कलाकार सौगात मल्ल, दिया मास्के र निश्चल बस्नेतसँगै गाई पनि फिल्ममा महत्वका साथ हाइलाइट हुन आएको छ । फिल्ममा गाईको भूमिका के छ ? रहस्यमय नै छ ।