Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

सुस्तायो फिल्म बजार । बिदामा पनि छैनन् दर्शक

फिल्मीखबर, काठमाण्डौ, 2014/03/17

रंगिन होलीमा नेपाली फिल्म हलमा भने दर्शक रंगिन भएनन् । होलीको उपलक्ष्यमा दिइएको सार्वजनिक बिदामा समेत हलमा दर्शकको घुइँचो देखिएन । शुक्रबार प्रदर्शनमा आएका सबै नेपाली फिल्मले अत्यन्त न्यून संख्यामा दर्शकको साथ पाए ।

 

गत शुक्रबार काठमाण्डौं र मोफसल गरी तीन नेपाली फिल्म प्रदर्शनमा आएका थिए । गत पुस महिनामा मोफसलमा फल्प भएर आएको फिल्म ‘योद्धा’ले काठमाण्डौमा पनि फल्पको व्यापारलाई निरञ्तरता दिइरहेको छ । काठमाण्डौं र मोफसलमा एकसाथ प्रदर्शनमा आएका ‘ब्रम्हा’ र ‘चियर्स’ले सुपर फल्पको सुरुवाती व्यापार गरे ।

 

एक फिल्म वितरकले सार्वजनिक प्रदर्शनबाट यी दुई फिल्मले प्रचार खर्च समेत नउठाउने बताए । यी दुई फिल्मले दुई दिनको सार्वजनिक बिदा र शुक्रबार गरी दुई लाख रकम पनि हातमा नपर्ने निर्माता समेत रहेका ती वितरकले सुनाए ।

 

पछिल्लो समय प्रदर्शनमा आएको डार्क कमेडी फिल्म ‘झोले’ बाहेक कुनै पनि फिल्मले लगानी रिकभर गर्ने व्यापार गर्न सकेका छैनन् । चैत २१ गते प्रदर्शन हुने ‘आधी बाटो’ र चैत २८ गते प्रदर्शन हुने ‘नाइ नभन्नु ल २’ र ‘मनले मनलाई छुन्छ’ फिल्म हेर्ने हलमा दर्शकको घुइँचो लाग्ला ?