आउँदो शुक्रबार अर्थात् चैत ७ गते प्रदर्शन हुने फिल्म ‘फिटकिरी’को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटि) रिलिज गरिएको छ । ओएसटिमा गिरिश खतिवडा र यमन खानले र्याप हानेका छन् । संगीत पनि गिरिशले नै दिएका छन् । शब्द भूपेन्द्र खड्काको छ ।
.jpg)
गाईको समेत महत्वपूर्ण भूमिका रहेको भनिएको ‘फिटकिरी’लाई अनुप बरालले निर्देशन गरेका हुन् । शहरमा घट्ने अपराधिक घटनालाई मुख्य विषय बनाइएको फिल्ममा सौगात मल्ल, दिया मास्के र ‘लुट’ निर्देशक निश्चल बस्नेतको मुख्य भूमिका छ । ‘फिटकिरी’ लाई अर्जुन कुमार र सुमित मैनालीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

