Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शरिर मात्र देखाउने सबिनजी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/17

चैत २ गते आयोजना भएका होली सम्बन्धी कार्यक्रममा रंग खेल्दै फिल्मकर्मीले आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्मको प्रचार समेत गरे । कार्यक्रममा रङ खेल्नु सँगै ‘फिटकिरी’, ‘आधी बाटो’, 'स्टुपिड मन', 'नाइ नभन्नु ल २' र ‘मनले मनलाई छुन्छ’ जस्ता फिल्मका सदस्य आफ्नो फिल्मको प्रचारमा जुटे ।

 

‘आधी बाटो’ फिल्मकी अभिनेत्री जेनिशा केसीले त तिघ्रामा समेत फिल्मको नाम लेखेको पाइयो । जेनिशासँगै निर्माता रमेश त्वयना, निर्देशक सविर श्रेष्ठ, कलाकार यश कुमार, सविन श्रेष्ठ र अनु शाहले पनि होलीका कार्यक्रममा आफ्नो फिल्मको प्रचार गरे ।

 

‘आधी बाटो’ युनिट गोदावरीस्थित अभिनेत्री करिश्मा मानन्धरको घरमा होली खेल्न पुगेको थियो । अभिनेता सविन श्रेष्ठ भने ‘आधी बाटो’को भन्दा पनि आफ्नो सुगठिलो शरीरको बढी प्रचार गरे जस्तो देखियो । हाफ गञ्जी मात्रै लगाएर होली खेल्न सविन त्यहाँ पुगेका थिए ।

 

सविनले चैत २१ गते प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ बारे खासै केही बोलेनन् । तर, उनले आफ्नो सुगठिलो शरीर बारे भने दंग हुंदै भने, ‘आफ्नो देखिने नै वडी छ त अरु के देखाउनु ? जस्को छ त्यसकै देखिन्छ ।' फिल्म ‘आधी बाटो’मा चाहिं सविनको के देखिएला ? अभिनय कि सुगठिलो शरीर मात्रै ?