Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एघार बर्षपछि अभिनयमा फर्के पवन मैनाली

फिल्मीखबर, काठमाण्डौ, 2014/03/15

निर्माता तथा अभिनेता पवन मैनाली एघार बर्ष पछि पुन: एक्सन कटमा देखिए । २०५९ साल फागुन ८ गते बारा जिल्लाको निजगढमा भएको ठूलो दुर्घटना पछि फिल्मी करियरबाट टाढिएका पवनले नीर शाहको निर्देशनमा बनिरहेको फिल्म 'सेतो बाघ'मा अभिनय गरेका छन् ।

 

'सेतो बाघ'मा श्री ५ राजेन्द्रको भूमिका निभाएका पवनले सुटिङ सेटमा सबैलाई रुवाउने गरी आफ्नो बेदना पोखे । शारीरिक रूपमा कमजोर रहेका पवनलाई निर्देशक शाहले सजिलै अभिनय गराए । ’उहाँको अवस्था अहिले जस्तो छ त्यस्तै भूमिकामा उतारेको छु,’  निर्देशक शाहले भने,' उहाँको अभिनय क्षमता अद्भूत छ ।

 

करिब १ सय को संख्यामा फिल्ममा अभिनय गरिसके ४७ बर्षे पवन स्प्यास्टिक हेमोप्लेजियाको शिकार समेत बने जसले गर्दा उनी पूर्ण रुपमा निको हुन नसक्दा उनको दैनिकी ११ बर्षदेखि अत्यन्त पिडादायी अवस्थामा गुर्जिरहेको छ ।

 

२०४९ सालमा चेतन कार्कीको फिल्म ‘पहिलो’ प्रेमु बाट कलाकारिता जीवन सुरू गरेका मैनालीले दुर्घटना पूर्व किशोर रानाको निर्देशनमा बनेको ‘शिवशक्ति’ मा अभिनय गरेका थिए । पवनले निर्माण गरेको फिल्म 'पिंजडा'बाट अभिनेता निखिल उप्रेतीको उदय भएको थियो ।

 

पवन मैनालीको बारेमा फिल्मीखबरले लेखेको लेख हेर्न यहाँ क्लिक गर्नुहोस्
'म पवन आज तमासा भएको छु'