कलाकार शान्ति गिरी र छायाँकार शैलेन्द्रध्वज कार्कीले सुटुक्क बिहे गरेका छन् । शान्ति र शैलेन्द्रले गत फागुन २५ गते बिहे गरेका हुन् ।

चैत ७ गते प्रदर्शन हुने फिल्म ‘फिटकिरी’ कलाकार गिरीले बालाजुमा बिहे सम्पन्न भएको फिल्मीखबरलाई जानकारी गराइन् । फागुन २९ गते फिल्म ‘फिटकिरी’ युनिटले आयोजना गरेको प्रेसमिटमा शान्ति उपस्थित नभएपछि उनको खोजी भएको थियो ।
अनुप बरालको डेव्यु निर्देशन रहेको फिल्ममा उनी अभिनेता सौगात मल्लको पत्नी भएर प्रस्तुत भएकी छिन् । ‘फिटकिरी’ यूनिट शान्ति र शैलेन्द्रको बिहेमा सहभागी भएको थियो । फिल्म ‘झिग्राना’ को सुटिङमा शैलेन्द्र र शान्ति एक अर्कामा नजिकिएका थिए । दुवैलाई बैवाहिक जीवनको शुभकामना !

