Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`फिटकिरी` निर्देशक र निर्माता बिच खटपट !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/14

निर्देशक अनुप बरालको सम्बन्ध निर्माता अर्जुन कुमारसँग गुलियो छैन भन्ने कुरा त्यतिबेला छरपस्ट भयो जतिबेला निर्देशक बरालले नै ‘फिटकिरी’ को प्रेसमिटमा फिल्मको सुटिङ ताका भौतिक तथा मानसिक समस्या झेल्नु परेको रहस्य खोले ।

 

निर्देशक अनुप बराल र निर्माता अर्जुन पोखरेलसँग अर्का निर्माता सुमिन मैनाली (बिचमा)

 

निर्देशक बरालले फिल्मलाई राम्रो बनाउन निर्मातासँग झगडा गरेको भनी ढाकछोप गरेपनि फिल्मको प्रेसमिटमा उनीहरु दुईजना बिच खुलेर संवाद भएको देख्न मुस्किल पर्यो । निर्देशक बरालले अप्ठ्यारो परिस्थितिबाट सुटिङ सकाएको भनिरहँदा निर्माता अर्जुन कुमारको मुहार हँसिलो थिएन । सेक्सी फिल्म ‘चपली हाइट’ का निर्माताले फिल्मको व्यापार राम्रो भएमा सबै खटपट हराएर जाने तर्क दिए ।

 

फिल्म चलेन भने चाहिं के त ? भन्ने प्रेसको प्रश्नमा निर्माता कुमारले जवाफै दिएनन् । निर्देशक बराल र निर्माता कुमारबिच खटपटको खास कारण के हो ? कारण बारे दुवै चुप भए । निर्देशक बरालले अन्तिममा भने, ‘हाम्रो झगडा फिल्मलाई राम्रो बनाउन थियो । सम्भवतः हरेक राम्रो फिल्मका निर्देशक र निर्माता बिच झगडा पर्ने गर्छ ।’ उनीहरुबिचको झगडा फिल्म राम्रो बनाउन थियो या अरु नै विषयमा ?