बधाई ! चर्चित हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) दम्पतीलाई पुत्री लाभ भएको छ । कुञ्जनाले आज (फागुन ३० गते) नर्भिक अस्पतालमा बिहान सवा ७ बजे छोरीलाई जन्म दिएकी हुन् ।

३ केजी वजन भएकी छोरी र आमाको स्वास्थ्यस्थित सामान्य भएको सितारामले फिल्मीखबरलाई जानकारी दिए । ‘सुगर देखिएपछि कुञ्जनालाई पन्ध्र दिनदेखि नर्भिकमै भर्ना गरेर राखिएको थियो’, मेरी बास्सै’ का मुस्कान पासा पासाले भने, ‘चैत पन्ध्रको डेट भएपनि सुगर कन्ट्रोल भएपछि सर्जरी गरेर बच्चालाई निकालिएको हो ।’
सिताराम र कुञ्जनाको प्रेमले वि.सं. २०६५ सालमा विवाहको रुप लिएको थियो । धुमुर्स र सुन्तलीको रुपमा हिट यो जोडीको पछिल्लो समय ‘मेरी बास्सै’ मा मुस्कान पासा र फतौरी बुढीको भूमिकाले हिट खाइरहेको छ । कलाकार सिताराम कट्टेलले तीन वटा भूमिकामा अभिनय गरेको ‘नाइ नभन्नु ल २’ फिल्म आउँदो चैत २८ गते अल नेपाल प्रदर्शन हुंदैछ ।

