शहरका माफियाहरूको कथामा बनेको फिल्म 'मुखौटा'को टिजर सार्वजनिक गरिएको छ । अभिनेता समेत रहेका अर्पण थापाले पहिलो पटक निर्देशन गरेको यो फिल्मको टिजरमा देखाईएका पात्रहरूको गेटअपलाई प्रस्तुत गरिएको छ । देखाईएका पात्रहरूमा को-को माफिया होलान् ? सस्पेन्स राखिएको छ ।
नै जना पात्रको वरीपरी घुमेको यो फिल्मलाई रिफ इन्टरटेनमेन्टको प्रस्तुतीमा रबिन श्रेष्ठले निर्माण गरेका हुन् । निर्देशक सहित फिल्मका मुख्य पात्र अर्पण थापाकै कथा रहेको 'मुखौटा'मा राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।
नरेन्द्र मैनालीको क्यामेरा रहेको ‘मुखौटा’ का द्धन्द्ध निर्देशक चन्द्र पन्त हुन् । फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । ४ गीत रहेको फिल्मको संगीत जेशन कुवँरको रहेको छ भने करियोग्राफी रेनशा राईको छ । फिल्मको रिलिज मिति सार्वजनिक गरिएको छैन ।

