Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोहोरो भूमिकामा नन्दिता केसी

फिल्मीखबर, काठमाण्डौ, 2014/03/13

अभिनेत्री नन्दिता केसी पहिलो पटक पर्दामा दोहोरो भूमिकामा प्रस्तुत हुने भएकी छिन् । फिल्म ‘कैफियत’मा निर्देशक दशरथ गिरीले अभिनेत्री केसीलाई दोहोरो भूमिकामा प्रस्तुत गर्न लागेका हु्न् ।

 

ओम दक्षिणकाली फिल्म प्रालीको पहिलो प्रस्तुती रहेको ‘कैफियत’ को आज (फागुन २९ गते) औपचारिक निर्माणको घोषणा गरियो । नयाँ वानेश्वस्थित अल्फा हाउसमा आयोजना गरिएको प्रेसमिटमा अभिनेत्री केसीले भनिन्, ‘लामो समयपछि पृथक भूमिकामा देखिदैछु । पाएको भूमिकालाई एक सय प्रतिशत न्याय गर्ने कोशिस गर्छु ।’ कार्यक्रममा उपस्थितलाई लड्डु बाँडेकी नन्दिताले फिल्मको भूमिका बारे थप खुलाइनन् । नन्दिताका ‘बाँवरी’ र ‘मझेरी’ फिल्म सुटिङको पाइप लाइनमा छ ।

 

निर्देशक दशरथ गिरीले कथावस्तु फिल्म निर्माण भएपछि मात्रै खुलाउने बताए । चिन्तामणि बराल र धन देवकोटाको लगानी रहेको फिल्ममा नन्दिताको साथमा नविन श्रेष्ठ, सिपी पौडेल, शंकर शाही ठकुरी, किसन सुनुवार र सजना थापा ‘रोज’ को मुख्य भूमिका रहनेछ ।

 

माधव शर्माको पटकथा एवं संवाद रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत छ । रामेश्वर कार्कीले खिच्ने फिल्मलाई काठमाडौं र पोखरामा छायाँकन गरिदैंछ । फिल्मको छायाँकन आउँदो चैत ६ गतेबाट प्रारम्भ हुने निर्देशक गिरीले जानकारी दिए ।