साँगीतिक रूपमा अब्बल ठहरिएको फिल्म 'नाइ नभन्नु ल २'को शिर्ष गीत रिलिज गरिएको छ । १२ बर्षे प्रेम परियारले स्वर दिएको उक्त गीतमा बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द छ ।
फिल्मका मुख्य दुई पात्र अनुभव रेग्मी र सुज्ञानी भट्टराईको बालप्रेम देखाईएको यो फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन् । दिनेश कुमार पोखरेल र विकास आचार्यको लगानी रहेको यो फिल्ममा सुरज सिंह ठकुरी, प्रियंका कार्की, जीवन लुईटेल, सरोज खनाल, बर्षा सिवाकोटी लगायतको अभिनय छ ।
यसअघि यो फिल्मका दुई गीत सार्वजनिक भएका थिए जसमा प्रेम परियारको स्वर, कृष्णहरी बरालको शब्द तथा बसन्त सापकोटा र सुरेश गैरेको संगीतलाई निकै रूचाईएको थियो । आज सार्वजनिक गरिएको प्रस्तुत गीतलाई पनि रूचाईने निर्देशक आचार्यले विश्वास व्यक्त गरे ।
यिनै दुई गीतबाट १२ बर्षे गायक प्रेम परियारको चर्चा निकै चुलिएको छ । गायक परियारले पहिलो पटक यहि फिल्ममा गीत गाएका हुन् । यि गायकलाई दोस्रो रामकृष्ण ढकाल भन्न थालिएको छ ।
)

