चैत्र १४ गते प्रदर्शन हुने फिल्म ‘नोभेम्वर रेन’को टिमले होली पर्व दर्शकको साथमा मनाउने भएको छ । राजधानीको बिजुलीबजारमा रहेको फिल्म निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टको कार्यालयमा चैत्र १ गते होली पर्व मनाईने निर्माण युनिटले जनाएको छ ।
.jpg)
होलीको दिन अर्थात चैत्र २ गते भने राजधानी बाहिर पहाडी भेगमा होली मनाउने र चैत्र ३ गते तराई भेगमा होली मनाउन फिल्म युनिट नै उपस्थित हुने निर्देशक दिनेश राउतले जनाए । उनले फिल्मका अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठसँग होली खेल्न इच्छुकलाई निमन्त्रणा समेत गरेका छन् ।
फिल्मको प्रचारप्रसार पनि हुने र दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाईने भएकाले होली पर्व सेलिब्रेट गर्न लागेको निर्देशकको भनाई छ । उनले यसपालीको होली 'नोभेम्बर रेन'सँग रमाईलो गरी मनाउन आग्रह गरेका छन् । आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठीम गुरुङको त्रिकोणात्मक लभस्टोरी फिल्मलाई सुवास गिरीले निर्माण गरेका हुन् ।

