Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुक्रबार नामै नसुनिएका फिल्म !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/13

यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् । सुस्त प्रचारमा छोटा बजेटका दुई फिल्म ‘ब्रम्हा’ र ‘चियर्स’ फागुन ३० गते काठमाडौं तथा मोफसलका पर्दामा प्रदर्शन हुँदैछन् ।

 

कमेडी जनराको ‘चियर्स’लाई पवन गौतमले निर्देशन गरेका हुन् भने सरोज खत्रीको फिल्ममा लगानी छ । दिपक बाँनियाको छायाँकन रहेको ‘चियर्स’ मा भूपेन चन्द, पुष्कर जंग थापा, महिमा सिलवाल लगायतका कलाकारको अभिनय छ ।

 

‘चियर्स’सँगै प्रदर्शन हुने ‘ब्रम्हा’ फिल्मलाई ऋषी न्यौपानेले निर्देशन गरेका हुन् । एक्सन शैलीको फिल्ममा निर्मल सेन्चुरी र रागिनी खड्गीको मुख्य भूमिका छ । फिल्ममा सिजे पाण्डे र भूपेन बस्न्यातले लगानी गरेका छन् । गत शुक्रबार प्रर्दशनमा आएको ‘ऋतु’ र ‘तोरी लाहुरे’ केहि हलमा चल्दैछन् ।