Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.00/5.00)
Text size:-
+
-

करिश्मालाई केको चटारो ?

फिल्मीखबर, काठमाण्डौ, 2014/03/13

फागु अर्थात् होली आउन २ दिन बाँकी छ । तर, अभिनेत्री करिश्मा मानन्धरलाई भने होली नआउँदै भ्याइ नभ्याइ छ । उनी होलीलाई कसरी रंगिन बनाउने ? भनेर एक सातादेखि गोदावरी गृहमा व्यस्त छिन् ।

 

करिश्मासँगै पति विनोद मानन्धर, सहपाठीहरु ऋतु राना र बाबुराम दाहालले होलीको कार्ययोजना बनाउन करिश्मालाई सघाई रहेका छन् । विगत ७ बर्षदेखि गोदावरी गृहमा होलीको कार्यक्रम गर्दै आएकी सुन्दरी करिश्माले यस वर्षको होली भने केही फरक हुने बताइन् । फिल्मीखबरसँग उनले भनिन्, ‘यो वर्ष अविर मात्रै लगाएर होली खेल्ने भनेर हाम्रो योजना छ ।’

 

करिब तीन सय व्यक्तिलाई होली खेल्ने निम्तो दिइने करिश्माले सुनाइन् । उनले भनिन्, ‘फिल्मकर्मी, सञ्चारकर्मी तथा आफन्तलाई होली खेल्न बोलाउछु ।’ चैत्र २ गते होलीसँगै करिश्मा निवासमा पति विनोद मानन्धरको जन्मदिनको केक पनि काटिनेछ । खानपिन सहितको होलीमा करिश्मा सबैलाई सहभागी भएर रंग खेल्न निमन्त्रणा समेत दिइन् ।