Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनय के हो ? अनुप बराललाई सोध्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2014/03/13

रंगकर्मी अनुप बराल फिल्म ‘फिटकिरी’ मार्फत फिचर फिल्मको निर्देशक भएका छन् । बरालको पहिलो निर्देशकिय फिचर फिल्म आउँदो चैत ७ गते अल नेपालबाट प्रदर्शनमा आउँदैछ ।

 

अभिनयमा ‘अप्रोच’ गरिएका निर्देशक बराललाई ‘फिटकिरी’ युनिटले अन्त्यमा उनैलाई निर्देशनको जिम्मा दिएको थियो । षड्यन्त्रबाट निर्देशक बनेका निर्देशक बरालले अभिनयलाई साइकल सिकेजस्तो नभएको तर्क दिएका छन् । साप्ताहिक ‘शुक्रबार’सँगको अन्र्तवार्तामा निर्देशक बरालले यस्तो तर्क दिएका हुन् । उनले भनेका छन्, ‘अभिनय भनेको साइकल सिकेजस्तो होइन जो एकचोटी सिक्नासाथ जीवनभर सम्झिइन्छ वा काम लाग्छ ।’

 

अभिनय के हो त ? दर्जन बढी नाटकमा अभिनय र निर्देशन गरेका बरालले भनेका छन्, ‘अभिनय भनेको प्राक्टिस हो । यो निरञ्तर गर्नुपर्छ ।’ उनले निर्देशनतिर लागेपनि आफु अभिनयबाट टाढा भने नहुने बताएका छन् । ‘फिटकिरी’का निर्देशक अनुप हाल ‘ताण्डव’ नामक फिल्मको सुटिङमा व्यस्त छन् ।