फिल्म ‘कोही मेरो’ निर्देशन पछि आलोक नेम्वाङ ‘अझै पनि’ को निर्देशनमा जुटेका छन् । निर्देशक सुदर्शन थापा र फेसन डिजाइनर पूनम गौतमले निर्देशक नेम्वाङको फिल्ममा लगानी गर्दैछन् ।
निर्देशक नेम्वाङ झन्डै तीन वर्षको अन्तरालमा पुनः निर्देशनमा फर्किएका हुन् । तीन वर्षसम्म कुनै पनि निर्देशकको फिल्म प्रदर्शनमा नआउनु भनेको ऊ फिल्म नगरीबाट हराउनु जस्तै हो । तर, निर्देशक नेम्वाङले भने फिल्म निर्देशन गाडी या रेल हाँके जस्तो नभएकाले आफुलाई फिल्म निर्देशनमा फर्किन कुनै हतारो नभएको तर्क दिएका छन् ।
तीन वर्ष कता हराउनु भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा निर्देशक नेम्वाङले भने, ‘यो पेशा गाडी या रेल हाँके जस्तो हैन । यसमा जहिले फर्किएपनि हुन्छ । ’ निर्देशक नेम्वाङले तीन वर्षको बिचमा आफु म्युजिक भिडियोको निर्देशनमा व्यस्त रहेको बताए । फिल्म निर्देशनमा फर्कन हतार नगरेका निर्देशक नेम्वाङले ‘अझै पनि’लाई रिलिज गर्न भने ढिला नगरुन् ।

