Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मकर्मीलाई डिजिटल फिल्म पढाईने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/10

नेपाली फिल्ममा कार्यरत निर्देशक तथा प्राबिधिकलाई लक्षित गर्दै नेपाल चलचित्र निर्देशक समाजको पहलमा 'वर्कशप अन डिजिटल फिल्मिङ' नामक कार्यशाला हुने भएको छ । चैत्र २७ गतेदेखि बैशाख १ गतेसम्म तनहुँको बन्दीपुर र पोखरामा उक्त कार्यशाला गर्न प्रस्तावित गरिएको छ ।

 

प्रबिधिको रूपान्तरणलाई निर्देशक तथा प्राबिधिकहरूले आत्मसाथ गर्न नसकेको अवस्थामा तीन बिदेशी प्रशिक्षकले उनीहरूलाई डिजिटलको प्रयोग सम्बन्धी ज्ञान दिन लागेका हुन् । जस्टिन डिलियन र जेम्स एभानले सहित एक अनुवादक नेपाल आएर डिजिटल फिल्मिङको बारेमा प्रशिक्षण दिनेछन् ।
 

४५ फिल्मकर्मीलाई सहभागी गराएर आयोजना गर्न लागिएको यस कार्यशालाले पछिल्लो समय फस्टाएको डिजिटल फिल्म मेकिङमा ठूलो सहयोग पुर्‍याउने आयोजक निर्देशक समाजको विश्वास छ । वर्कशपका लागि सोमबारबाट आवेदन खुल्ला गरिएको छ ।