Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`आधी बाटो`की जेनिशाको कुरा काट्दै यश कुमार

फिल्मीखबर, काठमाण्डौ, 2014/03/10

पहिलो फिल्म ‘बाटो मुनिको फूल’मा अभिनेत्री रेखा थापासँग जोडी जमाएका गायक यश कुमारले दोस्रो फिल्म ‘आधी बाटो’मा भने अभिनेत्री जेनिशा केसीसँग जोडी बसालेका छन् । सविर श्रेष्ठ निर्देशित यो फिल्म आउँदो चैत २१ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ ।

 

साँगीतिक प्रेम कहानीको यो फिल्ममा यश र जेनिशासँगै कलाकार सविन श्रेष्ठ र अनु शाहको पनि महत्वपूर्ण भूमिका रहेको छ । सुमधुर संगीतयुक्त फिल्मका निर्माता रमेश त्वयना र अभिनेत्री जेनिशा केसीको निकटतालाई लिएर फिल्मी बजारमा विविध खाले कुरा चलिरहंदा गायक अभिनेता कुमारले अभिनेत्री केसीको बारेमा साप्ताहिक पत्रिकामा मज्जैले कुरा काटेका छन् ।

 

यश कुमारको नजरमा जेनिशा केसीको रिसको अवधी छोटो छ । जेनिशाको यो बानी यशलाई मन पर्छ । त्यस्तै समयको ख्याल गर्ने र कसैको कुरा नकाट्ने जेनिशाको बानीले यशलाई लोभ्याएको छ । थोरै बोल्ने जेनिशालाई कुशल कलाकार भनी यशले जेनिशालाई पुक्र्याएका छन् । तर, जेनिशाको छिट्टै रिसाउने बानी यशलाई मन पर्दैन ।

 

नीरस स्वभाव र मिडियासँग टाढा बस्ने बानीले जेनिशालाई राम्रो नगर्ने यश बताउँछन् । त्यस्तै जेनिशाको फिल्म क्षेत्रप्रति असुरक्षित महसुश गर्ने र घुलमिल हुन नसक्ने बानी यशलाई मन पर्दैनन् । फिल्म सुटिङ अबधीभर यशले जेनिशालाई नजिकबाट चिन्ने मौका पाएका हुन् ।