Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जुकबक्समा सुन्नुस् `राघव`का गीत

फिल्मीखबर, काठमाण्डौ, 2014/03/09

अभिनेता राजबल्लभ कोईरालाले निर्माण गरेको फिल्म 'राघव'को सम्पूर्ण अडियो गीत जुकबक्स मार्फत रिलिज गरिएको छ । युट्यूबको जुकबक्समा संजीव सिंह, मानव सुवेदी, द माया व्याण्ड र सुमन उदयले संगीत भरेका बिभिन्न स्वादका गीत सुन्न सकिनेछ ।

 

राघव नामक क्यारेक्टरको इमोश्नल जर्नीलाई कथाबस्तु बनाईएको 'राघव'मा नयाँ अनुहारद्धय शिबिर पोखरेल र अस्मिता ढकाललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । फिल्मलाई अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईले निर्देशन गरेका हुन् ।

 

राजबल्लभकोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टाकिज नेपालको प्रोडक्सनमा निर्माण गरिएको रोमान्टिक ड्रामा शैलीको यो फिल्मलाई बैशाख १२ गते रिलिज गर्ने तयारी गरिंदै छ । निर्देशक भुपेन्द्रकै लेखन रहेको 'राघव'लाई सिर्जन गंगोल र भुपेन्द्र भट्टराईले खिचेका हुन् ।