१८ बर्ष अगाडी छबिराज ओझाको निर्माणमा मोहन निरौलाले निर्देशन गरेको फिल्म 'जन्मभूमि' नाममा पुन: फिल्म निर्माण गरिने भएको छ । पहिलो फिल्ममा राष्ट्रप्रेमको कथा उठाईेको थियो । यसपाली निर्देशक निरौलाले आफ्नै लेखनमा नारी बिद्रोहको कथा उठाएका छन् ।
शनिबार राजधानीमा फिल्मको औपचारिक जानकारी गराउँदै निर्देशक निरौलाले १८ बर्षपछि निर्देशनमा व्याक हुन लागेको बताउँदै फिल्म क्षेत्रमा आफ्नो क्रियाशिलता थप्न र नियमितता दिन लागेको बताए । नारी दिवसको अवसर पारेर गरिएको फिल्मको मुहुर्त समारोहमा निरौलाले फिल्मको कथाबस्तुका बारेमा भने, 'नारीलाई उत्पीडन हैन समाज निर्माणमा सक्रिय बनाउनु पर्छ भन्ने आशय फिल्ममा दिईने छ ।' उनले नारी हरेक जागरूकताको प्रेरणाको स्रोत भएको बताउँदै आफ्नो फिल्मले उठाएको नारी बिद्रोहको कथाले दर्शकको मन छुने विश्वास व्यक्त गरे ।
झण्डै एक हजार टेलिफिल्म, दुई दर्जन जति फिल्मको कथा लेखेका निरौलाले ४ दर्जन फिल्ममा गरेको अनुभवलाई आफ्नो निर्देशनमा प्रयोग गर्ने बताए । 'अहिलेसम्म जानेको र सिकेको कुरा फिल्ममा प्रयोग गर्नेछु,' निरौलाले भने । निरौलाले अब निर्देशनलाई निरन्तरता पनि दिने बताए ।
एसपी इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुरज गिरीले निर्माण गर्न लागेको फिल्म 'जन्मभूमि'मा विनोद श्रेष्ठ, निश्मा घिमिरे, मोहन निरौला, जेबिका कार्की र बालकलाकार सौगात बिष्टको मुख्य अभिनय रहनेछ । चैत्र ५ गतेबाट सुटिङ शुरू हुने यो फिल्ममा रमेश खड्का र बसन्त सापकोटाको संगीत तथा युवराज राईको छायाँकन रहनेछ । सुन्दर पाण्डे सह निर्माता रहेको यो फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन रहने छ । फिल्मको कलाकार छान्ने काम पत्रकार शान्तिप्रियले गरेका हुन् ।

.gif)
.gif)


