Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

दर्शनाले बैशाख १९ मा वर्ल्ड कप देखाउने !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/07

नेपालको एउटा गाँउमा फूटबल खेल्ने किशोरहरुको विश्वकप खेल्ने सपनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको फिल्म 'वर्ल्ड कप इन नेपाल' यहि बैशाख १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । नेपाली फिल्म वितरणमा हात हालेको दर्शना आर्टस्ले यो फिल्मलाई नेपालभर एकसाथ प्रदर्शनको व्यवस्था गर्नेछ ।

 

 

नेचुरल मुभि मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको यो फिल्मलाई प्रकाश थापा र राम तामाङले निर्माण गरेका हुन् । फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गरेका छन् ।

 

चलचित्र बिकास बोर्डले 'बिशेष फिल्म'को रूपमा पुरस्कृत गरेको यो फिल्ममा जुगल डंगोलको संगीत, मनिष पन्तको छायाँकन तथा राजु भण्डारीको सम्पादन रहेको छ ।