Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

व्यस्त दयाले जुधाएर फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2014/03/06

दयाहाङ राईको व्यस्तता कुन कोणमा छ ? भन्ने कुरा फागुन २२ गते सम्पन्न ‘तान्द्रो’ फिल्मको प्रेसमिटमा देखियो । वि.सं.२०६० सालमा राज्य पक्षका सेनाबाट घुँडामा गोली लागि मृत्युको मुखमा पुगेर बच्न सफल गंगाबहादुर लामाको भूमिकामा प्रस्तुत हुने दया ‘तान्द्रो’को पुरै प्रेसमिटमा सहभागी हुन पाएनन् ।

 

‘व्यावसायिक भएको छु’ भन्दै दया आफ्नो कुरा राखेर मण्डला नाटक घरबाट बाहिरिए । मिडियाले उनीसँग कुरा गर्ने समय पाएनन् । दया अभिनित डार्क कमेडी फिल्म ‘झोले’ देशका केही हलमा दोस्रो सातामा प्रदर्शन भैरहेको छ भने उनी हाल ‘जिन्दावाद’ नामक फिल्मको सुटिङमा व्यस्त छन् । हेमराज विसी निर्देशित ‘जिन्दावाद’मा उनले महत्वपूर्ण भूमिका निभाइरहेका छन् ।

 

फिल्मीखबरसँग दयाले आउँदो बैशाखसम्म आफु पुरै फिल्मको सुटिङमा व्यस्त हुने तालिका रहेका सुनाए । ‘जिन्दावाद’ पछि उनी आउँदो चैत १ गतेदेखि ‘तान्द्रो’को सुटिङमा व्यस्त हुनेछन् । त्यस लगत्तै उनी बैशाख महिनाभर अर्को एक फिल्मको छायाँकनमा व्यस्त हुनेछन् । बैशाखपछि पछि भने दयाले फिल्म खेल्ने सम्झौता गरेका छैनन् । किन ? उनी भन्छन्, ‘आराम पनि त गर्नु पर्यो नि !’

 

दयाले तालिका जुधाएर फिल्मको काम नगर्ने अठोट नै लिएका छन् । कारण बारे उनको तर्क छ, ‘तालिका जुधाएर काम गर्दा फिल्मको पात्रले न्याय नपाउन सक्छ । त्यसैले तालिका जुधाएर काम नगर्ने अठोट लिएको छु ।’ उनी अभिनित ‘लुट’को गोफ्ले झल्को दिने ‘कबड्डी’ र वैदेशिक रोजगारमा भौतारिने युवाको भूमिका रहेको ‘नागबेली’ र ‘ईच्छा’ नामक फिल्म प्रदर्शनको क्रममा छन् ।