Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(16 votes, avg 4.56/5.00)
Text size:-
+
-

जीवनको उत्कृष्ट फिल्म `स्टुपिड मन` !

फिल्मीखबर, काठमाण्डौ, 2014/03/05

अभिनेता जीवन लुईटेलले फिल्म 'स्टुपिड मन'लाई उत्कृष्ट फिल्म भन्न भ्याएका छन् । बुधबार फिल्मको डबिङ पश्चात फिल्मीखबरसँग कुरा गर्दै अभिनेता लुईटेलले भने, 'यो मेरो उत्कृष्ट फिल्म मध्यको एक हो ।'

 

सञ्चारकर्मी सामिप्य तिमल्सिनाको स्क्रिप्टमा दिवाकर भट्टराईले निर्देशन गरेको यो फिल्मलाई के आधारमा जीवनले उत्कृष्ट फिल्म भने त ? उनी भन्छन्, 'मलाई फिल्मको हरेक पक्ष मन पर्‍यो । मैले त यत्तिको राम्रो फिल्म बन्छ जस्तो लागेको थिएन । दर्शकलाई पनि यो फिल्म उत्कृष्ट लाग्नेछ भन्ने विश्वास लिएको छु ।'

 

थाईल्याण्ड र नेपालमा सुटिङ गरिएको यो फिल्मको कथा सबैभन्दा बलियो पक्ष रहेको जीवनले बताए । 'नाइ नभन्नु ल', 'अन्दाज', 'रिदम', 'मालतीको भट्टी' जस्ता हिट फिल्ममा अभिनय गरेका जीवनको यो उत्कृष्ट फिल्म हिट होला त ? 'विजनेस कस्तो हुन्छ त्यो मार्केटिङमा भर पर्छ । तर दर्शकले भने राम्रो फिल्म हेर्न पाउनुहुनेछ,' जीवनले भने ।

 

अभिनेता निरज बरालले निर्माण गरेको यो फिल्ममा जीवनसँगै निरज र दुई नयाँ अनुहार चाँदनी शर्मा र रिजु श्रेष्ठको मुख्य भूमिका छ । संजय लामाले खिचेको यो फिल्मका अर्का निर्माता विवेक शाही हुन् । फिल्मको रिलिज मिती तय गरिएको छैन ।