Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वैशाख १२ मा थपियो `दमदार`

फिल्मीखबर, काठमाण्डौ, 2014/03/05

बैशाख १२ गतेको प्रदर्शन मितिमा ‘दमदार’ फिल्म थपिएको छ । अभिनयका हिसाबले अभिनेत्री प्रियंका कार्कीको डेव्यु फिल्म ‘मेरो वेस्ट फ्रेन्ड’ र प्रचारप्रसारमा जुटेको रोमान्टिक कमेडी फिल्म 'कबड्डी'सँग अभिनेत्री रेखा थापालाई एक्सन प्रस्तुत गरिएको ‘दमदार’ एउटै मितिमा प्रदर्शन हुने भएको हो ।

 

 

निर्देशक कमलकृष्णले ‘दमदार’ बैशाख १२ मा प्रदर्शन हुने जानकारी दिए । पोष्टप्रोडक्सनको तयारीमा रहेको ‘दमदार’ ले दमदार व्यापार गर्ने दाबी गर्दै कलाकार समेत रहेका निर्देशक कमलकृष्णले भने, ‘रेखा थापा भएपछि अरु जो कोही आएपनि हामीलाई मतलब छैन ।’

 

चन्द्र गौतमको लगानी रहेको फिल्ममा अभिनेत्री थापाको साथमा सविन श्रेष्ठ र बाबु पुँडासैनी मुख्य भूमिकामा देखिएका छन् । अर्चना डेलालको आइटम नृत्य रहेको ‘दमदार’मा चन्द्र पन्तको फाइट रहेको छ । निर्देशक कमलकृष्णले दाबी गरेजस्तै ‘दमदार’ ले दमदार व्यापार गर्ला ?