अहिलेकी हट केक अभिनेत्री प्रियंका कार्कीले फिल्म 'मेरो बेस्ट फ्रेण्ड'मा पहिलो पटक अभिनेत्रीको रूपमा आफ्नो अनुहार देखाएकी हुन् । रिलिजका हिसाबले 'थ्री लभर्स' पहिलो भएपनि 'मेरो बेस्ट फ्रेण्ड' उनको करियरको पहिलो फिल्म हो ।
मिस टिन भएपछि अमेरिका हानिएकी प्रियंकालाई नेपाल फर्काएको फिल्म 'मेरो बेस्ट फ्रेण्ड'लाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । यहि फिल्मको गीत सार्वजनिक गरिएको छ जहाँ प्रियंकाले आफ्नो बारूले कम्मर मर्काएकी छिन् ।
सार्वजनिक गीतलाई हरिहर आचार्य र भुपेन्द्र खड्काले तयार गरेका हुन् । राजनराज सिवाकोटीको संगीत रहेको यो गीतमा मिलन अमात्यको स्वर छ । प्रियंका सहित रेश मरहठ्ठा र दिवस उप्रेतीको मुख्य भूमिका रहेको यो फिल्मको छायाकंन विदुर पाण्डेले गरेका हुन् । यो फिल्म बैशाख १२ गते रिलिज हुने बताईएको छ ।

