रिसेप्सन पार्टी दिएको एक साता पछि अभिनेत्री रेजिना उप्रेतीले सुरज पोखरेलसँग लगन गाँठो कसेकी छिन् । आज दिउँसो (फागनु १६) बल्खुस्थित श्री भुवनेश्वरी देवी मन्दिरमा सिमित आफन्तका बिच रेजिनाको सिउँदो प्रेमी सुरजले भरेका हुन् ।
यसै साता ९१ बर्षिय हजुरबुवाको निधन भएपछि आमा बुवा तथा दाजुभाइ रेजिनाको बिहे विधिमा सहभागी हुन पाएनन् । सम्पूर्ण बिहेको विधि रेजिनाको मावली पक्षले गरिदिएका थिए । रिसेप्सन पार्टीमा समकालिन सम्पूर्ण कलाकार, पत्रकार तथा गृह जिल्लाका राजनीतिक नेता तथा कार्यकर्तालाई निमन्त्रणा दिएकी रेजिनाले बिहेमा भने कसैलाई पनि निमन्त्रणा दिएकी थिइनन् ।
बिहे हिन्दु परम्परा अनुसार सामान्य तवरले सम्पन्न भएको थियो । रेजिनाका पती सुरजले विगत ६ वर्षदेखि लण्डनमा ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका छन् । रेजीनालाई नेपाल छोडेर पती पोखरेल फागुन १७ गते नै लण्डनतर्फ उड्दैछन् । रेजिना भने केही समयपछि पतीसँगै बस्ने गरी लण्डन उड्नेछिन् । तर उनले पुरै जिन्दगी भने लण्डनमा नबिताउने बताएकी छिन् ।
.jpg)
.jpg)
.jpg)
तस्बिर : कविन्द्रमान शाक्य

