Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.50/5.00)
Text size:-
+
-

मर्ने कसैलाई रहर हुँदैन (गीत रिलिज)

फिल्मीखबर, काठमाण्डौ, 2014/02/28

चैत्र २८ गते रिलिज हुन लागेको फिल्म 'नाइ नभन्नु ल २'को 'स्याड भर्सन' गीत रिलिज गरिएको छ । प्रस्तुत सार्वजनिक गीतमा डा कृष्णहरि बरालको शब्दमा सुरेश गैरेको संगीत तथा प्रेम परियारको स्वर रहेको छ ।

 

यसअघि सार्वजनिक 'यी आँखामा' बोलको गीतबाट चर्चित बनेको यो फिल्मको प्रस्तुत गीतले अझै चर्चा दिनसक्ने अंकलन गरिएको छ । बाल प्रेमकथालाई मुख्य हतियार बनाईएको 'नाइ नभन्न्नु ल २'मा अनुभव रेग्मी र सुज्ञानी भट्टराईको प्रेमकथा छ ।

 

वान टाईम सिनेमा प्राली र एञ्जल मुभिजको संयुक्त प्रस्तुती 'नाइ नभन्नु ल २'लाई विकास आचार्यले निर्देशन गरेका हुन् । दिनेश कुमार पोखरेल निर्माता रहेको यो फिल्ममा अनुभव र सुज्ञानीको साथमा प्रियंका कार्की, सुरज सिंह ठकुरी, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेल 'धुर्मुस' लगायतको अभिनय छ ।