Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करियर बनाउने `आधी बाटो` (प्रोमो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2014/02/28

निर्देशक सबिर श्रेष्ठ, अभिनेता यश कुमार, अभिनेत्री जेनिशा केसी र निर्माता रमेश त्वायनाका लागी फिल्म 'आधी बाटो' हिट हुन जरूरी छ । किन जरूरी देखियो त ? संक्षिप्त चर्चा गरिएको छ ।


निर्देशक सबिर श्रेष्ठले निर्देशक गरेका दुई फिल्म 'कस्ले चोर्‍यो मेरो मन' र 'काली' हिट भए । 'के म तिम्रो साथी बन्न सक्छु' ठिकै चल्यो तर 'इशारा' चलेन । रेखा फिल्मकै फिल्म हिट हुन्छ भन्ने ट्याग हटाउन पनि निर्देशक श्रेष्ठका लागि यो फिल्म हिट हुन जरूरी छ । अर्को तर्फ यहि बर्ष दुई हिट फिल्म दिएको खण्डमा सबिरको उचाई बढ्नेछ ।

 

'हाँसी देउ एक फेर' फिल्मबाट ठूलो घाटा बेहोरेका एनआरएन निर्माता रमेश त्वायनाले त 'आधी बाटो' फिल्म नचले आगामी दिनमा फिल्म निर्माण नै नगर्ने बताएका छन् । दिल खोलेर लगानी गर्न सक्ने यि निर्माता पुन: फिल्म निर्माण सक्रिय हुनका लागि पनि यो फिल्म चल्न जरूरी छ भने यसअगाडीको घाटा परिपूर्ती गर्नका लागि पै यो फिल्म चल्नुपर्ने देखिन्छ ।

 

'बाटो मुनिको फूल'बाट अभिनयमा उदाएका गायक यश कुमारका लागि पनि 'आधी बाटो' महत्वपूर्ण फिल्म हो । यसअघिको फिल्म 'विर'ले कुनै सफलता नदिएपछि करियरको गियर अगाडी बढाउन नसकेका यश कुमारलाई 'आधी बाटो'ले सफलताको पूरा बाटोमा लैजानु पर्ने देखिन्छ । यस्तै अघिल्ला फिल्ममा खासै जम्न नसकेकी अभिनेत्री जेनिशा केसी पनि यो फिल्मबाट निकै आशावादी देखिएकी छिन् ।

 

चैत्र २१ गते रिलिज हुन लागेको संगीतिक प्रेमकथामा बनेको भनिएको फिल्म 'आधी बाटो'लाई निर्माण युनिटले निकै मेहनतका साथ राम्रो बनाउने कोशिस गरेको बताएको छ । यसअघि रिलिज गरिएका गीतबाट आशा देखाएको यो फिल्मको प्रस्तुत प्रोमोले दर्शकलाई आकर्षण गर्नसक्ने देखिन्छ । हेर्नुस् फिल्मको अफिसियल हल ट्रेलर -