देशको शैक्षिक प्रणालीलाई मुख्य विषयवस्तु वनाई निर्माण गरिएको फिल्म ‘पाठशाला’को नेपालगञ्जमा बिशेष शो गरियो । मध्यपश्चिम बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु र निर्माण पक्षको आर्थिक सहयोगले गरिएको बिशेष शोमा बाँके जिल्लाका प्रमुख जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल, सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी, नेपालगञ्जका प्राध्यापकहरु, विद्यार्थी, अविभावक लगाएत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरु सहभागी थिए ।
दुई घण्टा लामो फिल्म हेर्न नेपालगञ्जको बागेश्वरी चलचित्र मन्दिरमा आएका प्रमुख जिल्ला शिक्षा अधिकारी खनालले यो फिल्मले प्रत्येक विद्यालयलाई भयरहित वातावरणमा अध्ययन गराउनुपर्ने, प्रत्येक विद्यार्थी, शिक्षकहरु हतेमालो गर्दै अगाडी बढ्नुपर्ने, शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझेर अध्यापन गराउनुपर्ने, अभिभावकले पनी आफ्नो छोराछोरीको बारेमा बुझ्नुपर्ने बताए ।
शिक्षक, विद्यार्थी, अभिभावकले फिल्म एकपटक हेर्नुपर्ने वताए । फिल्म आगामी जेष्ठ ९ गतेवाट एकैसाथ नेपालभर प्रर्दशन हुनेछ । अरुण खड्काको निर्माण, राजवहादुर सानेको निर्देशन, विकाश चौधरीको संगित रहेको फिल्ममा दिन प्रतिदिन विग्रदै गइरहेको नेपालको शिक्षा प्रणाली, शिक्षा प्रदान गर्ने संस्थाहरु, विद्यार्थीहरुमा आएको छाडापनलाई साथै विधालयलाई गुणस्तरीय वनाउन अविभावक, शिक्षक र विद्यार्थीको कस्तो भुमिका रहन्छ भन्ने यथार्त कुरालाई देखाइएको छ ।
मध्य र सुदुरपश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा विरेन्द्र यादव, राज गौतम, एलवी कटुवाल, संगिता विसी, मेनका गिरी, आयुस विसी, डिल्ली केसी लगाएत स्थानीय कलाकारको अभिनय रहेको रहेको छ ।

