Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशुपतिमा `झोले`को ढुवानी सेवा

फिल्मीखबर, काठमाडौं, 2014/02/27

धर्म गरे जस्तो पनि हुने र फिल्मको प्रचार प्रसार पनि हुने । फिल्म ‘झोले’ले शिवरात्रीको अवसरमा यस्तै जुक्ति लगाएको छ । फिल्मले पशुपतिमा आउने भक्तलाई शिव मन्दिरमा घुमाएर ‘पशुपतिको यात्रा र सिद्राको व्यापार’ दुवै गर्न भ्याएको हो ।

 

फिल्मको प्रचारमा सहयोग पुगोस् भनी ‘झोले’ युनिटले महाशिवरात्रीमा पशुपती सहित काठमाडौंका शिव मन्दिरमा दर्शन गर्ने भक्तलाई निःशुल्क ल्याउने पुर्याउने गरेको थियो । ‘झोले’ युनिटको गाडीमा बसेर शिव मन्दिर दर्शनमा हिंडेका भक्त ‘झोले’ कै गीत ‘बम बम भोले’ गाउँदै मन्दिर मन्दिर पुग्न पाउँदा मख्ख देखिन्थे ।

 


पशुपतिमा ‘झोले’ले निःशुल्क जनताको सेवा गरिरहँदा देशका फिल्म हलमा भने झोले हेर्न सःशुल्क टिकट काट्ने दर्शकको लाइन लामो रहेको फिल्म वितरकले जानकारी गराएका छन् ।  मोफसल वितरक नरेन्द्र महर्जनले ४५ हलमा ‘झोले’ हेर्न दर्शको घुइँचो लागेको बताए । त्यस्तै राजधानीको मल्टिप्लेक्समा ‘झोले’ को हरेक शोको अकुपेन्सी ९० प्रतिशत रहेको निर्देशक दिपेन्द्र के.खनालले दाबी गरे ।

 

टेकेन खड्का निर्मित ‘झोले’ को हालसम्मको ग्रस कलेक्सन भने सार्वजनिक गरिएको छैन । नेपालबाट नाफा हात पार्ने भनिएको ‘झोले’ मा दयाहाङ राई, प्रियंका कार्की, ए.गुरुङ र शंकर आचार्यको मुख्य भूमिका छ ।