Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

शिवको बुटीमा दिउँसैदेखि झ्याप दीपा र दिपक

फिल्मीखबर,, काठमाडौं, 2014/02/27

दीपाश्री निर्रौला र दिपकराज गिरीको जोडीलाई महाशिवरात्री मज्जैले लाग्यो । लामो समय देखि ‘तीतो सत्य’ श्रीमान श्रीमती भएर देखिदैं आएका दीपा र दिपक दिउँसोदेखि नै शिवको बुँटीमा झ्याप बने ।

 

निर्मल शर्मा ‘गैंडा’ को सहकार्यमा निर्माण गरेको ‘छ एकान छ’ ले ब्ल्कबस्टरको व्यापार गरेपछि यो जोडीले शिवरात्रीको अवसरमा दिउँसै गाँजा तानेर खुसीयाली मनाएको हो । पुल्चोकस्थित अक्षेश्वर बिहारमा गाँजा तान्दै गरेका दिपकले फिल्मीखबरसँग भने, ‘वर्षको एक पटक मज्जाले गाँजा तान्ने गरेको छु ।’

 

यो वर्ष मात्रै होइन दिपकले विगत १५ वर्षदेखि शिवरात्रीमा यसरी नै गाँजा तान्दै आइरहेका छन् । ‘छ एकान छ’ का नक्कली सलमान खान सुनाउँछन्, ‘दिउँसो ११ बजेदेखि यहाँ आएको । म त पुरै मुडमा छु ।’ शिवका वर्तालु दिपकले साँझ पशुपतीमा गएर दर्शन गर्ने बताए ।

 

 

दिपकको छेउमै सुनिएकी अभिनेत्री दीपाले पनि वर्षको एक पटक गाँजा तान्ने गरेको खुलाइन् । दीपक झैं मुडमै रहेकी दीपाले भनिन्, ‘अरु बेला चाहिं मलाई धुँवा मन पर्दैन । शिवरात्रीमा चाहिं शिवजीको बुँटीलाई उडाउने गरेकी छु ।’ वर्त बसेकी दीपाले पनि साँझ दिपकसँगै दर्शन गर्न पशुपती जाने बताइन् ।