Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिवरात्रीमा घोडा चढ्दै `हिम्मतवाली` रेखा

फिल्मीखबर,, काठमाडौं, 2014/02/27

महाशिवरात्रीको अवसर पारेर अभिनेत्री रेखा थापाले फिल्म ‘हिम्मतवाली’को छायाँकन सुरु गरेकी छिन् । श्याम भट्टराई निर्देशित फिल्म ‘हिम्मतवाली’को छायाँकन महेन्द्रनगरस्थित पिप्लाठीबाट आज (फागुन १५ गते) देखि सुरु गरिएको हो ।

 

एक महिना सुटिङ अवधी छुट्याइएको ‘हिम्मतवाली’लाई पुरै महेन्द्रनगरको सेरोफेरामा खिचिने निर्मात्री तथा अभिनेत्री रेखा थापाले बताइन् । घोडा चढ्दै फिल्मको सुटिङ सुरु गरेकी रेखाले फिल्मीखबरसँग भनिन्, ‘मेरो प्रिय दर्शकलाई ‘हिम्मतवाली’ले मनोरञ्जनसँगै सन्देश दिनेछे । अघिल्ला फिल्म भन्दा यसमा मैंले फरक विषयवस्तु उठाएको छु जुन दर्शकलाई मन पर्नेछ ।’

 

 

‘हिम्मतवाली’ को हिरो चाहिं को ? राउटे बच्चाकी आमाले टेलिफोमा हाँस्दै भनिन्, ‘फिल्मको हिरो त म नै हुँ । हिरोइन चाहिं अहिले नै सार्वजनिक नगर्रौ होला ।’ उनले ‘हिम्मतवाली’को हिरोको पृष्ठभूमि फरक रहेको बताइन् । ‘हिम्मतवाली’ मा द्धन्द्धका खतरनाक दृश्य समावेश हुनेछन् जुन दृश्य हिरोले हैन रेखा स्वयम्ले दिनेछिन् । ‘हिम्मतवाली’का द्धन्द्ध निर्देशक चन्द्र पन्त हुन् । बसन्त सापकोटा र टंक बुढाथोकीको संगीत रहेको ‘हिम्मतवाली’ मा रामशरण उप्रेतीको छायाँकन छ ।

 

‘हिम्मतवाली’मा रेखाले गुरु बसन्त श्रेष्ठलाई नृत्य निर्देशनको जिम्मा दिएकी छिन् । आमा सरस्वती थापा निर्माता रहेको ‘हिम्मतवाली’ दशैंमा रिलिज गर्ने रेखाको योजना छ । बर्ष ०७० सालको दशैंमा प्रदर्शन भएको रेखाको ‘काली’ फिल्मले व्यापारिक सफलता पाएको थियो ।