‘पानीको प्रत्येक थोपासँगको सम्बन्धले तिम्रो आभास गराउँदो रहेछ’ भन्ने अभिनेता आर्यन सिग्देलले अभिनेत्री नम्रता श्रेष्ठलालाई अपनाउन नसक्नुको कारण भने नसोध्न आग्रह गरेका छन् । सार्वजनिक गरिएको फिल्म ‘नोभेम्वर रेन’ को नयाँ प्रोमोमा अभिनेता सिग्देलले यस्तो भनेका हुन् ।
अभिनेता सिग्देल सहित सुवास गिरीको लगानी रहेको फिल्म ‘नोभेम्वर रेन’ आउँदो चैत १४ गतेबाट अल नेपाल प्रदर्शन हुंदैछ । दिनेश राउत निर्देशित लभ स्टोरी यस फिल्ममा आर्यन र नम्रता सहित छुल्ठिम गुरुङको मुख्य भूमिका छ । ‘मेरो एउटा साथी छ’ पछि आर्यन र नम्रताको जोडीलाई ‘नोभम्वर रेन’ मा दोस्रो पटक देखिदैछ ।

