Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

`वर्ल्ड कप इन नेपाल`को प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2014/02/26

वर्ल्ड कपकै विषयवस्तुलाई आधार बनाई रामशरण पाठकले आफ्नै कथामा निर्देशन गरेको वाल मनोविज्ञानमा आधारित फिल्म `वर्ल्ड कप इन नेपाल`को प्रोमो रिलिज गरिएको छ ।

 

सार्वजनिक ट्रेलरमा एक युवाको फुटबल सपना, गाउँले स्कुले बच्चाहरुको फुटबल खेलेर देशको नाम उच्च बनाउने अकाट्य सपना र त्यस भित्रका पारिवारिक बाधा अड्चन तथा छुवाछुतले समाजमा पुर्याएको नकारात्मक सन्देशको खण्डनलाई देखाउन खोजिएको छ ।

 

प्रकाश थापा र राम तामाङले निर्माण गरेको यो फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गरेका छन् । फिल्ममा जुगल डंगोलको संगीत, मनिष पन्तको छायाँकन तथा राजु भण्डारीको सम्पादन रहेको छ ।