अभिनेत्री सुमिना घिमिरे फिल्ममा सक्रिय हुने भएकी छिन् । यतिबेला सुमिनाको हातमा दुई फिल्म छन् । चाँडै नै छायाँकनमा जाने गरी उनले 'पर्शुराम' र 'दामपन्थी' फिल्म साइन गरेकी छिन् ।
फिल्म साइन गरेको खुसीयाली साट्दै सुमिनाले फिल्मीखबरसँग भनिन्, 'पर्शुराम र दामपन्थी मध्ये कुनको अगाडी छायाँकन गर्ने भनेर छलफल भैरहेको छ । दुवै फिल्म भिन्न विषयका हुन् ।' यी दुई फिल्ममा गर्ने भूमिका बारे भने सुमिनाले केही पनि खुलाउन नमिल्ने बताइन् ।
'दामपन्थी' एनआरएनको लगानीमा निर्माण हुने फिल्म हो । एक समय व्यस्त रहेकी सुमिनाले पछिल्लो पटक अभिनय गरेको 'भिमदत्त' फिल्म विदेश प्रदर्शनको क्रममा छ । सुमिना बिचमा म्युजिक भिडियो तथा देश विदेशका कार्यक्रममा व्यस्त भइन् ।

