फिल्म सम्पादक सुरेन्द्र पौडेलले पनि फिल्म निर्देशन गर्ने भएका छन् । दुर्गिश फिल्मस्, ग्लासी पिक्चर्स र क्रियटिभ फिल्म प्रोडक्सनको संयुक्त लगानी बन्न लागेको ‘आभास’लाई सम्पादक पौडेलले निर्देशन गर्ने भएका हुन् ।
फिल्मको कथा, पटकथा एवंम संवाद पौडेल स्वयमको हो । आभास निर्माण गर्ने बारे जानकारी दिदैं दुर्गिश फिल्मस्का सुनिल रावलले भने, ‘उत्कृष्ट सम्पादकले उत्कृष्ट फिल्म निर्देशन गर्न सक्छ भन्ने विश्वासले हामी लगानी गर्न तयार भएका हौं ।’
आभासमा निर्माता रावल सहित गोविन्द शाही र दीपक शाहीको पनि लगानी रहनेछ । बैशाखको १८ गतेदेखि छायाँकन प्रारम्भ गर्ने आभाषमा अधिकाशं नयाँ कलाकारलाई अवसर दिइने निर्माता रावलले जानकारी गराए ।
निर्माता रावलले भने, ‘आभासबाट हामी क्षमतावन नयाँ कलाकारलाई प्रस्तुत गर्दैछौं ।’ आभासका लागि गोपाल रसाइलीले संगीत कम्पोज गर्दैछन् । फिल्म छायाँकनको लागि राजेश श्रेष्ठ फाइन भएका छन् ।

