फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'तोरी लाहुरे' नाम अनुहारको तोरी लाहुरे नभएको निर्देशक एनबी महर्जनले बताएका छन् । मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमका विच निर्देशक महर्जनले फिल्म राम्रो बनाएको बताए ।
टिपिकल नेपाली टाईटलमा राम्रो फिल्म बनाएको बताउने निर्देशक महर्जनले सबैले राम्रो काम गरेको बताए । कलाकारदेख् प्राबिधिक सबैको कामबाट आफू खुसी रहेको उनको भनाई थियो । 'बजार' फिल्म निर्देशन पछि 'तोरी लाहुरे' निर्देशक गरेका महर्जनले यो फिल्मले आफ्नो करियरमा महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । कार्यक्रममा फिल्मको अडियो सिडी तथा भिडियो गीत रिलिज गरिएको थियो ।
सामाजिक कथामा बनेको एक्सन कमेडी फिल्म 'तोरी लाहुरे'मा सुवास थापा, गजित बिष्ट, रोहित रूम्बा, अशिष्मा नकर्मी र समुना केसीको मुख्य भूमिका छ । फिल्मलाई दिल कुमार तामाङ 'वाले' र रोशिफ तामाङले निर्माण गरेका हुन् ।




