सुवास गिरीसँगको सहकार्यमा अभिनेता आर्यन सिग्देलको समेत लगानी रहेको ‘नोभेम्वर रेन’ को प्रदर्शन मिति नजिकिदै गर्दा निर्माता सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठको व्यस्तता भने बढ्दो छ ।
आर्यन यसै साताबाट ‘नाइके’ नामक फिल्मको सुटिङमा एक महिनाको तालिका बनाएर पोखरा निस्किएका छन् भने नम्रता निर्देशक हेमराज विसीको दोस्रो प्रोजेक्ट ‘जिन्दावाद’को सुटिङमा व्यस्त छिन् । 'जिन्दावाद'को सुटिङ सकाएर नम्रता ‘ताण्डव’ फिल्मको सुटिङका लागि तौलिहवातर्फ लाग्नेछिन् ।
दिनेश राउत निर्देशित ‘नोभेम्वर रेन’ फिल्म आउँदो चैत १४ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । फिल्ममा निर्माता सिग्देलको साथमा अभिनेत्री नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका छ । ‘नोभेम्वर रेन’ को प्रदर्शन मिति नजिकिदै गर्दा यी दुईको व्यस्तताले फिल्मको प्रचार प्रसारमा प्रत्यक्ष प्रभाव पर्ने सक्ने देखिएको छ ।

