Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

दार्जीलिङमा `बितेका पल`को च्यारिटी । १० लाखमा बेलायत राईट !

फिल्मीखबर, काठमाण्डौ, 2014/02/23

गत पौष २६ गते नेपालमा रिलिज भएको लभस्टोरी फिल्म 'बितेका पल'को शनिबार साँझ भारतको दार्जीलिङमा बिशेष च्यारिटी गरियो । दार्जीलिङका बिशिष्ट व्यक्तिहरूमाझ गरिएको च्यारिटीमा फिल्मका निर्देशक सुरा सुब्बा नाल्बो, अभिनेता अबिनाश गुरूङ सहित उल्लेख्य दर्शकको उपस्थिती थियो ।

 

च्यारिटीका लागि दार्जीलिङ पुगेका निर्माता राजेश घतानीले बिबिध कारणले गर्दा दार्जीलिङमा नै खिचिएको फिल्म समयमा देखाउन नसक्दा दु:ख लागेपनि फिल्म हेर्न आउने दर्शकको उपस्थिती र प्रतिक्रियाले आफू खुसी भएको बताए । उनले अब दार्जीलिङमा फिल्मको शो बढाउँदै जाने समेत बताए ।

 

यता अमेरिकाका केहि शहरमा रिलिज गरिएको 'बितेका पल'लाई बेलायतमा पनि रिलिज गरिने भएको छ । बेलायत निवासी निकेश लिम्बु र भास्कर राईले नेपाली रू १० लाखमा ५ महिनाको लागि प्रदर्शन अधिकार लिएको निर्माता घतानीले जानकारी गराए । अष्ट्रेलियामा समेत रिलिज गरिएको यो फिल्मलाई बेलायतमा मार्च महिनाको पहिलो साटाबाट प्रदर्शन गरिएको बताईएको छ ।

 

केकी अधिकारी, बाबु बोगटी र अबिनाश गुरूङको त्रिकोणात्मक प्रेमकथामा बनेको फिल्म 'बितेका पल'लाई भारतको अन्य प्रान्तमा पनि रिलिज गरिने निर्माता घतानीले बताए । फिल्मका अर्का निर्माता कृष रिजाल हुन् ।