Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

किन चल्न सक्छ `ऋतु` ?

अर्पण ढकाल, धरान, 2014/02/22

बर्ष ०७० मा नेपाली फिल्म उधोगमा लभस्टोरी फिल्म धेरै आए तर थोरैले मात्र राम्रो छाप छोडेर गए । यहि बर्ष भित्र अर्थात आउँदो फागुन २३ गते पनि लभस्टोरी फिल्म 'ऋतु' रिलिज हुँदैछ । यसले कस्तो छाप छोड्न हेर्न बाँकी छ । तर, यो फिल्म चल्न सक्ने कारणहरू खोतलिएको छ ।

 

फिल्म चल्नको लागि सबैभन्दा ठूलो हतियार त्यसको स्किप्ट हो । जबसम्म फिल्मको स्क्रिप्ट मजबुत हुँदैन तबसम्म फिल्म राम्रो बन्न सक्दैन । नराम्रो फिल्म चल्न सक्दैन । फिल्म 'ऋतु'को कथा करिब दुई बर्ष अगाडी आयोजना गरिएको स्क्रिप्ट लेखन प्रतियोगिताबाट छनिएको उत्कृष्ट कथा हो । संदीप बडालले लेखेको यो कथा राम्रो हुनसक्ने भएकाले 'ऋतु' पनि राम्रो बन्न सक्ने अंकलन गरिएको छ ।

 

उत्कृष्ट कथालाई न्याय गर्न निर्देशक सहित कलाकार र अन्य प्राबिधिकको महत्वपूर्ण हात रहन्छ । अष्ट्रेलियामा फिल्म सम्बन्धी अध्ययन पश्चात निर्देशनमा हात हालेका हुन् मनोज अधिकारीले । अनुभव कम भएपनि अध्ययनका कारणले उनले राम्रै फिल्म बनाएको हुनुपर्ने विश्वास गरिएको छ । यस्तै अभिनेता राजबल्लभ कोईराला अभिनयमा कुशल मानिनु, पूर्व मिस नेपाल मलिना जोशी पहिलो पटक हिरोईन बनेर दर्शकमाझ आउनुले पनि 'ऋतु'लाई अर्थपूर्ण तरिकाले हेरिएको छ । यस्तै फिल्ममा अर्की सशक्त कलाकार रीमा विश्वकर्माको पनि अभिनय छ भने फिल्मलाई कुशल छायाँकार सुशन प्रजापतीले खिचेका छन् ।

 

यस्तै फिल्म चल्ने अर्को महत्वपूर्ण हतियार त्यसको प्रचार सामाग्री हो । फिल्म 'ऋतु'को गीतसँगीत र प्रोमोलाई रूचाईएको पाईएको छ । यसले पनि फिल्म चल्नेमा आशा जगाईदिएको छ । माथी गरिएको बिश्लेशणको आधारमा अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको यो फिल्मले सफलता पाउँछ या पाउँदैन ? केहि समय प्रतिक्षा गरौं ।