Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`प्रोपोकाण्डा`ले `भिमदत्त` पास भयो । १२ वटा शब्द तथा दृश्यमाथि कैंची

फिल्मीखबर, काठमाण्डौ, 2014/02/21

नेपाल चलचित्र जाँस पास समिति (सेन्सर वोर्ड) ले फिल्म ‘भिमदत्त’ लाई १६ बर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नु पर्ने गरी ‘पिजी’ प्रमाणपत्र उपलब्ध गराएको छ । फिल्ममा समावेश विभिन्न १२ वटा शब्द तथा दृश्यमाथि कैंची चलाउँदै सेन्सर वोर्डले उक्त प्रमाणपत्र उपलब्ध गराएको हो ।

 

डढेलधुराका किसान नेता भिमदत्त पन्तको राजनीतिक जीवन माथिको फिल्मलाई सेन्सर बोर्डले केहि अश्लिल शब्द सहित ‘भारत’ भन्ने शब्दलाई हटाउनु पर्ने निर्देशन दिएको छ । ‘भिमदत्त’ भारत भन्ने शब्द चार पटक प्रयोग गरिएको छ । त्यस्तै ‘रातभरी रक्सी र तरुनीले स्वागत गरिदो रहेछ’ भन्ने संवादलाई पनि सेन्सरले हटाउन निर्देशन दिएको छ । ‘हाम्रा प्रधानमन्त्री ज्यू’, ‘हामी रक्सी तरुनीमा देश बेच्दा रहेछौ’, ‘हाम्रो सार्वभौम सत्ता विदेशीको दास भएको छ’, ‘साला कुकुर’ भन्ने वाक्यांश हटाउन सेन्सरको निर्देशन छ ।

 

 

त्यस्तै ‘भिमदत्त’ को टाउको प्रत्यक्ष देखिने गरी छिनालेको दृश्य र ‘भिमदत्त’ को टाउको रगत सहित झुन्ड्याएर हिंडेको र लडाइँमा प्रत्यक्ष देखिने गरी टाउको छिनालेको दृश्य हटाउन सेन्सरले आदेश दिएको छ । सेन्सरले अध्ययन गरेर प्रमाणपत्र दिने भनेपछि निर्माता खड्काले आपत्ती जनाउँदै प्रेस समारोह समेत गरेका थिए ।

 

ढिलो गरी सेन्सर पास हुँदा बिदेशमा पक्का भैसकेको प्रदर्शनी शो घाटा लाग्ने भन्दै निर्माता खड्का सेन्सर वोर्डका सदस्यप्रती असन्तुष्ट जनाएका थिए । फिल्ममा नवल खड्का सहित अभिनेत्रीद्धय सुमिना घिमिरे र निशा अधिकारीको मुख्य भूमिका छ । फिल्मलाई हिमग्याप टासीले निर्देशन गरेका हुन् ।