Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

किन छुट्दैन यो जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2014/02/21

कुनै समारोह होस् या सामान्य जमघट, अभिनेता गजित बिष्ट र अभिनेत्री अशिष्मा नकर्मी एकसाथ देखिन्छन् । प्राय एकसाथ देखिंदा कानेखुसी त पक्कै चल्छ । गजित र अशिष्माको बारेमा अहिले निकै कानेखुसी चल्न थालेको छ भने यि दुईको भेट बाक्लिन थालेको छ ।

 

 

आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'तोरी लाहुरे'को सुटिङबाट नजिकिएका गजित र अशिष्मा मिल्ने साथी हुन् । यि दुईले एकअर्काको प्रशंशा गरेर थाक्दैनन् । गजित अशिष्मालाई सबैभन्दा नजिकको साथी मान्छन् भने अशिष्मा पनि आफ्नो प्रिय साथी गजित रहेको बताउँछिन् ।

 

फिल्म क्षेत्रमा मिल्ने साथी पाउन निकै गार्‍हो छ । एकले अर्काको कुरा काट्ने, सानो कुरामा रिसाउने, इर्श्या गर्ने जस्ता समस्याबाट ग्रसित यो क्षेत्रमा गजित र अशिष्माले आफूहरूबिचको सम्बन्ध सङ्लो पानी जस्तो मित्रता रहेको बताउँछन् । चल्ने हल्लाहरूलाई वास्ता नगर्ने यो 'तोरी लाहुरे' जोडीको मित्रता देखेर इर्श्या गर्ने कति होलान् ? दुबैको एउटै आवाज छ, 'हामीलाई बाल मतलव ।'