Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धर्मले टुट्यो नव हिरोइनको प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2014/02/21

प्रेममा भाषा, धर्म, जात, वर्ण र आर्थिक अवस्था बाधक नबन्ने प्रेमका पुजारीहरु भन्ने गर्दछन् । तर, नेपाली फिल्मकी एक नव अभिनेत्रीले भने धर्मलाई कारण देखाउँदै आफ्नो प्रेम सम्बन्ध टुट्न गएको बताएकी छिन् ।

 

ऋषी लामिछाने निर्देशित फिल्म ‘सरी ल’ की हिरोइन अनिता आचार्यले धर्म बाधक भएर आफ्नो प्रेम सम्बन्ध टुट्न गएको बताएकी हुन् । साप्ताहिक पत्रिकासँगको कुराकानीमा नव अभिनेत्री आचार्यले भनेकी छिन्, ‘म परिवार, समाज र आफ्नो मूल्य मान्यतालाई धेरै महत्व दिन्छु । प्रेम हुने बित्तिकै तिम्रो लागि म परिवारै छोड्छु भन्ने कुरा गलत हो ।’

 

‘पपया ग्ल्याम हन्ट २०१३’ की विजेता आचार्यले टुटेको आफ्नो प्रेमी बारे भनेकी छिन्, ‘म बौद्ध धर्म मान्ने एकजना स्मार्ट व्यक्तिसँग नजिक हुन पुगें ।’ त्यसपछि के भयो ? भन्ने प्रश्नको जवाफमा उनको उत्तर छ, ‘प्रेमका लागि मैंले धर्म परिवर्तन गर्नु पर्ने अवस्था आयो । म सबै धर्मलाई सम्मान गर्छु । मैले आफ्नो हिन्दु धर्म परिवर्तन गर्न सकिन ।’

 

धर्मलाई कारक बनाउँदै प्रेम सम्बन्ध टुटाएकी अनिताले हाल भने आफु सिङ्गल रहेको बताएकी छिन् । अनिताको जीवनमा मिल्ने धर्म मान्ने अर्को प्रेमी को आउला ?