अभिनेत्री ऋचा घिमिरेलाई फिल्मीखबर परिवार जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छ । झन्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी अभिनेत्री घिमिरेको आज फागुन ९ गते जन्मदिन हो ।
निर्देशक पति शंकर घिमिरे र छोरा सहित अभिनेत्री घिमिरे यतिबेला फिल्म ‘तुलसी’ प्रदर्शनको लागि भन्दै अमेरिकामा छन् । प्राप्त जानकारी अनुसार घिमिरे दम्पती अमेरिकामै स्थापित हुने तरखरमा छन् । निर्देशक घिमिरेले त्यहाँ जागिर गर्न समेत सुरु गरिसकेको बताइन्छ ।
‘तुलसी’ प्रदर्शन गरेर नेपाल फर्किने बताएका घिमिरे दम्पती नेपाल नफर्कने योजनामा रहेको बताइन्छ । घिमिरे दम्पती युरोप उडे लगत्तै नेपालमा ‘पैसा खाएर’ भागेको भन्ने आरोप एक समुहले उनीहरुमाथि लगाएको थियो । अभिनेत्री घिमिरेले ‘पैसा खाएर भागेको’ भन्ने आरोपलाई सिधै अस्विकार गरेकी छिन् ।
ऋचाले जन्मदिनमा आफ्नो फेसबुक वालमा फिल्म क्षेत्रबाट पाएको र गुमाएको कुरा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्- 'जय श्री गणेश, यो तीन दशकले मलाई धेरै कुरा सिकायो, खराब सङ्गतको दुष्परिणाम दियो अनि असल सङ्गतले अघि बढ्ने प्रेरणा, कलाकार भएपछी तारिफ मात्र हैन आलोचना पनि सहनै पर्ने र सानो तिनो कुरालाई नदेखे झैँ गर्ने बानि, सत्यको लागि लडाई र सब कुरा परिवर्तनशील छ भन्ने ज्ञान अनि मातृत्वको अमुल्य सुख ...... धन्यवाद मलाई माया गर्ने, मेरो रिस गर्ने, मलाई गलत साबित गर्ने, म खसेको बेला सहारा दिएर उठाउने, मलाई दुरुपयोग गर्ने, म एक्लो भाको बेला खुचिङ्ग गर्ने, मलाई सहि बाटो देखाउने अनि सधै मेरो भलो चाहनेहरु सबलाई.... '

