Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.40/5.00)
Text size:-
+
-

कस्को कोसँग प्रतिस्पर्धा ?

फिल्मीखबर, काठमाण्डौ, 2014/02/20

जमाना प्रतिस्पर्धाको छ । अझ रंगीन दुनियाँ भनिने फिल्म क्षेत्रमा त प्रतिस्पर्धा नहुने कुरै भएन । फिल्म क्षेत्रमा वर्तमान हिरो र हिरोइनबिच देखिएको प्रतिस्पर्धालाई फिल्मीखबरले छोटकरीमा चर्चा गर्दैछ ।

 

वर्तमान फिल्म बजारमा कोसँग कस्को प्रतिस्पर्धा चल्दैछ ? लिस्ट निकाल्न खासै कठिन पर्दैन । फिल्म प्रदर्शन र फिल्म सुटिङको व्यस्ततालाई आधार मान्ने हो भने वर्तमान फिल्म बजारमा अभिनेतातर्फ आर्यन सिग्देल र जीवन लुइँटेलबिच प्रतिस्पर्धा छ । फिल्म असफलै भएपनि मुलधारका फिल्म निर्माण गर्ने निर्माता तथा निर्देशकको पहिलो रोजाईमा आर्यन र जीवन पर्न आउँछन् ।

 

गत बर्ष त जीवनले फिल्म प्रदर्शनमा आर्यनलाई उछिनेका थिए । अधिकांश अवार्ड समारोहमा पनि आर्यनलाई पछि पार्दै उत्कृष्ट बन्न पुगे । यो साल भने आयर्नको तुलनामा जीवनको फिल्म प्रदर्शनमा कम आए । यो बर्ष जीवनका प्रदर्शनमा आएका फिल्म ‘विन्दास’ २ र ‘नाइँ नभन्नु ल २’ मात्रै हुनेछन् । फिल्मको सुटिङमा भने जीवन बर्षभरी नै व्यस्त रहे ।

 

अभिनेता सौगात मल्ललाई पनि फिल्म सुटिङबाट फुर्सद मिलेको छैन । ‘फिटकिरी’ प्रदर्शनको पर्खाइमा रहेका सौगात बिशेषः फरक भनिने फिल्मका रोजाइमा पर्ने गर्दछन् । आर्यन र जीवनसँगै सौगात पनि फिल्मकर्मीको पहिलो रोजाईमा पर्न थालेका छन् ।

 

अभिनेत्रीतर्फ भने नम्रता श्रेष्ठ र प्रियंका कार्कीबिच कडा प्रतिस्पर्धा छ । फिल्म प्रदर्शन र फिल्म सुटिङको व्यस्तता नम्रता र प्रियंकाको उस्तै छ । गत साता नम्रता अभिनित ‘मेघा’ फिल्म प्रदर्शन आयो भने प्रियंकाको यो साता ‘झोले’ फिल्म प्रदर्शनमा आउँदैछ । यस्तै अभिनेत्री केकी अधिकारी पनि यो बर्ष चर्चामा रहिन् । दुई फिल्मबाट तारिफ पाएकी केकीले पनि यि दुई अभिनेत्रीलाई टक्कर दिईरहेकी छिन् । अभिनेत्री रेखा थापा भने आफैंसँग प्रतिश्पर्धा गर्छिन् ।