Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`झोले` बनेर आउँदै प्रियंका र दया

फिल्मीखबर, काठमाण्डौ, 2014/02/20

यो साता दुई नेपाली फिल्म प्रदर्शन हुँदैछन् । दिपेन्द्र के.खनाल निर्देशित डार्क कमेडी फिल्म ‘झोले’ र भोजपुरी र नेपाली भाषामा निर्माण गरिएको फिल्म ‘सम्राट’ फागुन ९ गते प्रदर्शन हुँदैछन् ।

 

प्रियंका कार्की, दयाहाङ राई र ए.गुरुङको मुख्य भूमिका रहेको ‘झोले’लाई हलसम्म दर्शक तान्न सक्ने फिल्मको लिस्टमा राखिएको छ । बेरोजगार युवा, युवाहरुको सपना र उनीहरुले पाउने हन्डरलाई मुख्य बिषय बनाइएको यो फिल्मले यतिखेर शहरमा चर्चा पाइरहेको छ । निर्माण युनिटको आक्रमक प्रचार शैली र कमेडी प्रोमोले टेकेन खड्काको  लगानी रहेको ‘झोले’लाई प्रतिक्षित बनाइदिएको हो ।

 

‘झोले’ सँग जुध्न आएको नेपाली र भोजपुरी भाषाको ‘सम्राट’ फिल्म एक्सन शैलीको हो । जहाँ नेपाली अभिनेता विराज भट्टसँग रुवी सिंहको मुख्य अभिनय छ । लीलाधर भट्टराईको निर्देशन रहको फिल्मका प्रस्तुतकर्ता सुरज खड्का हुन् ।