Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै फिल्मबाट तक्मे बुढालाई १६ लाख !

फिल्मीखबर, काठमाण्डौ, 2014/02/16

'तक्मे बुढा' उर्फ विल्सन विक्रम राईले एउटा फिल्म खेले वापत १६ लाख रुपैयाँ पाउने भएका छन् । ‘तक्मे बुढा लस्ट इन लण्डन’ फिल्मका लागि विल्सनले उक्त रकम पारिश्रमिक स्वरुप लिने सम्झौता गर्न लागेका हुन् ।

 

एउटा फिल्म खेले वापत कुनै पनि नेपाली कलाकारले हालसम्म पाएको यो नै उच्च पारिश्रमिक रकम हो । बेलायतमा छायाँकन हुने ‘तक्मे बुढा लस्ट इन लण्डन’ का लागि निर्माण कम्पनीले १० हजार पाउण्ड अर्थात १६ लाख रुपैयाँमा सम्झौता गर्न लागेको हो । सम्झौता भने भईसकेको छैन । फिल्म तक्मे बुढा माथि आधारित भएकाले पारिश्रमिक स्वरुप उक्त रकम लिन लागेको विल्सनले बताए ।

 

विल्सनले भनेका छन्, ‘यो पारिश्रमिक भन्दा पनि तक्मे बुढाको 'ब्रान्ड भ्यालु' हो ।' फिल्ममा विल्सन दोहोरो भूमिकामा देखिने छन् । विल्सनको उच्च पारिश्रमिक रहेको यस फिल्मलाई निरक पौडेलले निर्देशन गर्नेछन् । 'ब्ल्याक एण्ड ह्वाईट' फिल्मको सुटिङका लागि हाल मलेसियामा रहेका निरकले लगत्तै विल्सनको प्रोजेक्ट सुटिङ आगामी 'समर'मा गर्ने बताईएको छ । फिल्मका निर्माता निर केदेन हुन् ।