पोष्ट प्रोडक्सनमा रहेको निर्माता छवि ओझाद्धारा निर्मित फिल्म ‘लज्जा’ मा अभिनय गरेपछि मोडल शिल्पा पोखरेललाई ‘छविकी हिरोइन’ भन्ने ट्याग लागेको छ । शिल्पाको नामसँग आजभोलि छबिको नाम जोडिन थालेको छ ।

छविकै पूर्व पत्नी अभिनेत्री ‘रेखा थापाको लेभलमा पुग्छु’ भन्ने अभिव्यक्ती दिएर चर्चामा आएकी शिल्पा ‘भ्यालेन्टाइन डे’ को भोलिपल्ट शनिबार भने सिन्धुपाल्चोक जिल्लाको पिकनीक स्पट भोटेचौर डाँडामा भेटिइन् । फिल्मीखबरसँगको जम्का भेटमा सुरुमा शिल्पा झस्किइन् । आफ्नो परिचय दिएपछि भने उनी सहज बनिन् ।
सोधियो भ्यालेन्टाइन डेको भोलिपल्ट डेटिङ ? उनी लजाइन् मात्रै । उनीसँगै सेतो सर्टमा रहेका एकजना युवक लजाएनन्, केही असहज देखिए । उहाँ चाहिं ? भन्ने जिज्ञासामा शिल्पा अनुत्तरित भइन् । पुनः प्रश्न गरियो ? शिल्पाजी उहाँ चाहिं को हो ? शिल्पाले रहस्य खोल्दै भनिन्- ‘उहाँले र मैले एउटा भिडियो विज्ञापनमा सँगै काम गर्दै छौं ।’ उनले यसो नभन्दै उताबाट आवाज आयो, ‘शिल्पाजी टेकको लागि रेडी हुनुस् त ।’
छविकी हिरोइनले हतारिदै भनिन्, ‘उसत्वजी म टेकमा गएँ । ऊ मेरो विज्ञापनको साथी मात्रै हो । फेरी अर्कै लेख्ने चाहिं हैन है !’

